जेनजी आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषणा गर्ने सरकारको निर्णय, १० लाख क्षतिपूर्ति
जेनजी पुस्ताको आन्दोलनमा मृत्यु भएकाहरुलाई सरकारले शहीद घोषणा गरेको छ । मृत्यु भएका व्यक्तिका प्रत्येक परिवारलाई १० लाख रुपैयाँको दरले राहत दिने निर्णय पनि गरेको छ । मुख्य सचिव एकनारायण अर्यालका अनुसार आज पदभार ग्रहण गरेकी प्रधानमन्त्री सुशीला कार्कीले यो निर्णयमा हस्ताक्षर गरेकी हुन् ।
