SHARE
लोक पथ · मङगलबार २६ साउन २०८३ ०९:४८ AM · 1 मिनेट पढाइ

नेप्से ०.७९ अंकले बढ्यो, ४ अर्ब ११ करोडको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजारमा झिनो सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ० दशमलव ७९ अंकले बढेर २ हजार ६ सय ४१ दशमलव ७९ विन्दुमा पुगेको छ । आज कारोबार भएका अधिकांश उपसमूहमा गिरावट आएको छ ।