SHARE
लोक पथ · मङगलबार २६ साउन २०८३ १०:११ AM · 1 मिनेट पढाइ

सरकारलाई खुश्बुको प्रश्न : ‘तथ्याङ्कमा मल छ, किसानको खेतमा किन छैन ?’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले श्रमिक र किसानका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद ओलीले श्रमिकको श्रम शोषण र कृषि मलको अभावबारे सरकारसँग जवाफ मागेकी हुन् ।