सार्वजनिक भयो ‘चेरी क्यू’, नाइमामा अर्डर गर्नेलाई झनै कम मूल्य
काठमाडौं । चिनियाँ विद्युतीय सवारीसाधन ब्रान्ड चेरीले नेपाली बजारमा आफ्नो नयाँ मोडल चेरी क्यू सार्वजनिक गरेको छ । नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रालिले काठमाडौंको भृकुटीमण्डपमा आजबाट सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्स्पोमार्फत चेरी क्यूलाई सार्वजनिक गरेको हो ।
