SHARE
लोक पथ · मङगलबार २६ साउन २०८३ ०७:५९ AM · 1 मिनेट पढाइ

कुमारी बैंकद्वारा गंगालाल हृदय केन्द्रलाई १० लाख सहयोग

काठमाडौं । कुमारी बैंक लिमिटेडले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत नवजात शिशु तथा बालबालिकाको सघन उपचार सेवा सुधारका लागि उक्त रकम सहयोग गरेको हो ।