कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको छ। पार्टी सभापति गगनकुमार थापाको अध्यक्षतामा ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बिहान ११:३० बजे बैठक बस्न लागेको हो। आइतबारदेखि सुरु भएको बैठकमा समसामयिक राजनीतिक, आर्थिक तथा जनजीविकासँग सम्बन्धित विषयहरूमाथि छलफल जारी छ। सोमबारको बैठकमा २२ जना केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राखेका थिए। सबै विषयमाथि विस्तृत छलफल जारी रहेकाले बैठकलाई निरन्तरता दिन आज पुनः बोलाइएको हो।
