SHARE
लोक पथ · मङगलबार २६ साउन २०८३ ०३:४२ AM · 1 मिनेट पढाइ

रहेनन् वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल

जनकपुरधाम । वरिष्ठ साहित्यकार प्रा.डा.राजेन्द्र विमलको निधन भएको छ । ७९ वर्षीय विमलको गएराति प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा निधन भएको हो । जनकपुर–१० निवासी विमल घरमै नातिसँग खेलिरहेका बेला अचानक स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा अक्सिजनको मात्रा घट्दै गएपछि राति करिब १ बजे उनको निधन भएको हो ।