SHARE
कालिका खबर · सोमबार २५ साउन २०८३ ०३:३५ PM · 1 मिनेट पढाइ

नाइमा एक्स्पोमा बीवाईडीका तीन अपग्रेडेड मोडल, एट्टो १ देखि एट्टो ३ इभोमा यस्ता छन् नयाँ फिचर

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनको बजारमा लोकप्रिय बीवाईडीले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा आफ्ना तीन प्रमुख मोडलका अपग्रेडेड संस्करण प्रदर्शन गर्ने भएको छ। भृकुटीमण्डपमा साउन २६ देखि ३१ गतेसम्म आयोजना हुने एक्स्पोमा कम्पनीले एट्टो १, एट्टो २ र एट्टो ३ इभोलाई नयाँ प्रविधि र परिमार्जित फिचरसहित प्रस्तुत गर्न लागेको हो। यी तीनै मोडलमा ब्याट्री क्षमता, पावर, चार्जिङ प्रविधि, ड्राइभट्रेन तथा इन्टेरियरमा उल्लेख्य परिवर्तन गरिएको छ। विशेषगरी एट्टो २ मा प्लग–इन हाइब्रिड विकल्प र एट्टो ३ इभोमा ८०० भोल्ट आर्किटेक्चर तथा २२० किलोवाटसम्मको फास्ट चार्जिङ प्रमुख आकर्षण बनेका छन्।