SHARE
Kalo Pati · सोमबार २५ साउन २०८३ १०:१८ AM · 1 मिनेट पढाइ

‘जन्मदेखि अहिलेसम्म एक थोपा मदिरा पिएको प्रमाणित भए सांसद पदबाटै राजीनामा दिन्छु’ : ज्ञानेन्द्र शाही

काठमाडौं । राप्रपा सांसद ज्ञानबहादुर शाहीले जन्मदेखि आजको दिनसम्म आफ्नो शरीरमा एक थोपा मदिरा प्रयोग भएको भए सांसद पदबाटै राजीनामा दिने घोषणा गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्ने क्रममा सांसद शाहीले आफूविरुद्ध भ्रामक आरोपहरू फैलिरहेको जानकारी गराउँदै यस्तो घोषणा गरेका हुन् ।