SHARE
कालिका खबर · सोमबार २५ साउन २०८३ १०:२७ AM · 1 मिनेट पढाइ

६५ मेगावाटको दूधखोलालाई जुट्यो १० अर्ब लगानी

काठमाडौं । माउन्टेन इनर्जी लिमिटेडले सहायक कम्पनीमार्फत निर्माण गर्न लागेको ६५ मेगावाटको दूधखोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ । प्रवर्द्धक कम्पनी दूधखोला हाइड्रोपावर कम्पनी प्रालि र बैंकबीच वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौताअनुसार यस आयोजनामा लिड बैंकको रूपमा रहेको एनएमबि बैंकले ६ अर्ब ८१ करोड र सहायक बैंकको रूपमा रहेको सानिमा बैंकले तीन अर्ब २० करोड रुपैयाँ लगानी गर्ने भएको छ । दुई बैंकले गरी आयोजनामा कुल १० अर्ब एक करोड लगानी गर्ने भएका हुन् ।