SHARE
कालिका खबर · बिहीबार २६ भौ २०८२ १०:३४ AM · 1 मिनेट पढाइ

काठमाडौँको सडकमा प्रहरीले लिन थाल्यो ड्युटी

काठमाडौँ । जेनजी प्रदर्शनका कारण रक्षात्मक अवस्थामा पुगेको काठमाडौँ उपत्यकामा प्रहरीले ड्युटी लिन थालेको छ । भदौ २४ मा प्रदर्शनकारीले उपत्यकाका प्रहरी वृत्त र प्रभागहरुमा आगजनी गरेर प्रदर्शनकारीहरूले हतियार लुटेका थिए । प्रदर्शनकारीको आक्रमणमा परेका डीएसपी इन्चार्ज हुने वृत्तका प्रहरी कर्मचारीहरू नजिकको सैनिक ब्यारेकमा पुगेका थिए । सेनाले सुरक्षा कमाण्ड लिएर स्थिति नियन्त्रणमा आएपछि प्रहरी कर्मचारीहरू फिल्डमा फर्किएका हुन् । काठमाडौँको सडकमा ड्युटी लिन प्रहरी प्रधान कार्यालयबाट ३ सय भन्दा धेरै प्रहरी परिचालन गरिएको छ । एक जना उच्च प्रहरी अधिकृत भन्छन्, ‘काठमाडौँको सडकमा प्रहरी खटाउन थालेका छौँ ।’ काठमाडौँ उपत्यकामा रहेका वृत्त र प्रभागका प्रहरी कर्मचारीहरू अझै काममा फर्किन सकेका छैनन् ।