SHARE
पर्दाफास · सोमबार २५ साउन २०८३ ०८:२४ AM · 1 मिनेट पढाइ

संसदमा कांग्रेस सांसदको प्रश्न- प्रधानमन्त्री ज्यू, ‘एक्लो महसुस’ गर्नुपर्ने अवस्था कसरी आयो ?

नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले प्रधानमन्त्रीले प्रतिपक्षसँग नडराई संसदमा उठेका प्रश्नको जवाफ दिनुपर्ने बताएकी छन्। सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद काउचाले संसदले प्रश्न सोध्नु घेराबन्दी नभएको र प्रतिपक्षले जवाफ माग्नु असहयोग नभएको बताइन् । ‘प्रधानमन्त्रीज्यू, संसदले प्रश्न सोध्नु घेराबन्दी होइन, प्रतिपक्षले जवाफ माग्नु असहयोग होइन र सरकारलाई सचेत गराउनु अपमान होइन,’ उनले भनिन्।