SHARE
पर्दाफास · सोमबार २५ साउन २०८३ ०९:०९ AM · 1 मिनेट पढाइ

विधि विज्ञान प्रयोगशालाको कार्यकारी प्रमुखमा ५५ वर्षे उमेर हद राख्न महावीर पुनको प्रस्ताव

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको कार्यकारी प्रमुखका लागि ५५ वर्षको उमेरहद प्रस्ताव गरेका छन् । सोमबार प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथिको छलफलमा उनले यस्तो प्रस्ताव गरेका हुन् ।