अर्थ मन्त्रालयमा नेपालमा बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग छलफल
काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र नेपालमा लगानी गरेका बहुराष्ट्रिय कम्पनीका सञ्चालकहरूसँग आज छलफल जारी रहेको छ। आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन छलफल शृङ्खलाअन्तर्गत नेपालमा लगानी गरेका २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीहरूसँग वाग्लले छलफलका लागि बोलाएका हुन्। छलफलमा ती कम्पनीका उच्चपदस्थ विदेशी तथा स्वदेशी साझेदारलाई मन्त्रालयमा पुगेका छन्।
