SHARE
Kalo Pati · सोमबार २५ साउन २०८३ ०६:१५ AM · 1 मिनेट पढाइ

विपद्का घटना बढे, एकै दिन ४१ घटना

काठमाडौँ । साउन २३ गते बिहान १० बजेदेखि २४ गते बिहान १० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा २० जना घाइते भएका छन् ।