SHARE
कालिका खबर · सोमबार २५ साउन २०८३ ०५:१३ AM · 1 मिनेट पढाइ

नाडा अटो शो २०२६ मा २०० स्टल, २२ ब्रान्डका कारदेखि १२ ब्रान्डका दुईपाङ्ग्रेसम्म

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो स्वर्ण जयन्तीको पूर्वसन्ध्यामा नेपाली अटोमोबाइल क्षेत्रकै ठूलो तथा बहुप्रतीक्षित मेला ‘एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६’ आयोजना गर्ने भएको छ। नाडाका अनुसार अटो शोको १८औँ संस्करण आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी परिसरमा सञ्चालन हुनेछ। अटोमोबाइल, आयल तथा पार्टपुर्जा व्यवसायसँग सम्बन्धित कम्पनी तथा व्यवसायीका लागि प्रदर्शनी नयाँ उत्पादन, प्रविधि र सेवाको प्रदर्शनसँगै व्यवसाय प्रवर्द्धन गर्ने महत्वपूर्ण प्लेटफर्म बन्ने आयोजकको अपेक्षा छ। यस वर्षको अटो शोमा साना तथा ठूला गरी कुल २०० वटा स्टल रहनेछन्।