SHARE
Kalo Pati · सोमबार २५ साउन २०८३ ०४:२५ AM · 1 मिनेट पढाइ

इरान–अमेरिका तनावबीच कच्चा तेलको मूल्य बढ्यो

काठमाडौँ । इरान र अमेरिकाबीच जारी तनाव तथा होर्मुज जलघाँटी पुनः खोलिने विषयमा अनिश्चितता कायमै रहँदा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ। रोयटर्सका अनुसार सोमबार नेपाली समयअनुसार बिहान ६ बजेर ४१ मिनेटसम्म ब्रेन्ट कच्चा तेलको वायदा मूल्य ९१ सेन्ट अर्थात् १.०९ प्रतिशतले बढेर प्रतिब्यारेल ८४.४६ अमेरिकी डलर पुगेको छ।