SHARE
लोक पथ · सोमबार २५ साउन २०८३ ०४:२९ AM · 1 मिनेट पढाइ

साउनको अन्तिम सोमबार : पशुपतिमा बागमतीको जल लिएर दर्शनमा भक्तजन [तस्बिरहरु]

काठमाडौं । साउन महिनाको अन्तिम सोमबार आज पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको ठूलो घुइँचो लागेको छ । साउनको सोमबार भगवान शिवको पूजा, जलाभिषेक र व्रत बस्ने धार्मिक परम्पराअनुसार देशका विभिन्न स्थानबाट श्रद्धालुहरू पशुपतिनाथ पुगेका छन् । साउन महिना भगवान शिवको प्रिय महिना मानिन्छ।