SHARE
लोक पथ · सोमबार २५ साउन २०८३ ०४:४६ AM · 1 मिनेट पढाइ

देशभर ४१ विपद्का घटना, २० जना घाइते

काठमाडौं । देशका विभिन्न जिल्लामा पछिल्लो अवधिमा ४१ वटा विपद्का घटना भएका छन् । ती घटनामा २० जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सर्पदंशका २०, आगलागीका नौ, पहिरोका आठ, अतिवृष्टिका दुई तथा चट्याङ र वन्यजन्तु आक्रमणका एक–एक घटना भएका छन् ।