SHARE
Kalo Pati · सोमबार २५ साउन २०८३ ०४:०८ AM · 1 मिनेट पढाइ

प्रतिनिधिसभाको बैठक बस्दै, चार विधेयक प्रस्तुत हुँदै

काठमाडौं । संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ। आजको बैठकमा विभिन्न विधेयक प्रस्तुत गर्नुका साथै मन्त्रालयगत मौखिक प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ। सचिवालयका अनुसार बैठकमा परराष्ट्र मन्त्रालय तथा युवा, श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नमा सम्बन्धित मन्त्रीले जवाफ दिनेछन्।