उपत्यकामा २४ घण्टामा ६४० सवारीमाथि ट्राफिक कारबाही
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने ६४० वटा सवारीसाधनमाथि कारबाही गरिएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार २०८३ साउन २५ गते बिहान ६ बजेसम्मको अवधिमा सबैभन्दा धेरै तिब्र गतिमा सवारी चलाउने ११० वटा सवारी कारबाहीमा परेका छन्।
