SHARE
Kalo Pati · सोमबार २५ साउन २०८३ ०४:१२ AM · 1 मिनेट पढाइ

वर्षासँगै देशभरका सडकमा पहिरो र बाढीको जोखिम, विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । लगातारको वर्षापछि देशका विभिन्न स्थानमा पहिरो तथा नदी कटानका कारण सडक यातायात प्रभावित भएको छ। काभ्रे, सिन्धुपाल्चोक, इलाम, रसुवा, रुकुम पश्चिम र लमजुङका विभिन्न सडकखण्डमा पहिरो खसेपछि कतिपय स्थानमा यातायात पूर्ण रूपमा रोकिएको प्रहरीले जनाएको छ।