SHARE
कालिका खबर · सोमबार २५ साउन २०८३ ०३:५९ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री बालेनले आज भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन साहले आज दक्षिणी छिमेकी मुलुक भारत र उत्तरी चीनका राजदूतसँग भेटवार्ता गर्दैछन् । यसअघि सामूहिक मात्रै भेटवार्ता गर्ने भन्दै अलगअलग छलफल अस्वीकार गर्दै आएका प्रधानमन्त्री साहले आज भने दुई छिमेकी मुलुकका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्न लागेका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री साहले सोमबार बिहान ११ः०० बजे नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेट गर्ने कार्यक्रम छ भने आज दिउँसो नै ३ः०० बजे नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङसँग भेट गर्ने कार्यतालिका रहेको छ ।