कानुनी सम्बन्ध मजबुत बनाउन भारत–नेपालका कानुनविद् एकजुट
भारत–नेपाल कानुनी सम्बन्ध थप सुदृढ बनाउने उद्देश्यले काठमाडौंस्थित भारतीय दूतावासले भारतीय कानुन संस्थानका नेपाली पूर्वविद्यार्थीहरूको विशेष भेटघाट कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा भारतका कानुनी संस्थानका पूर्वविद्यार्थीसमेत रहेका नेपालका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।
