SHARE
पर्दाफास · सोमबार २५ साउन २०८३ ०२:५१ AM · 1 मिनेट पढाइ

बुटवलको शान्ति सुरक्षामा उल्लेखनीय भूमिका खेलेको भन्दै डीएसपी श्रीवास्तव सम्मानित

बुटवलको शान्ति सुरक्षा कायम गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी निशान्त श्रीवास्तव सम्मानित भएका छन्। शुक्रबार स्वतन्त्र नागरिक समूह र सिमली फाउन्डेसन नेपालको आयोजनामा बुटवल–७, दिपनगरमा आयोजित वृक्षारोपण कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी श्रीवास्तवलाई सिमली फाउन्डेसन नेपालले दोसल्ला ओढाएर तथा मायाको चिनो प्रदान गर्दै सम्मान गरेको हो।