SHARE
मकालु खबर · सोमबार २५ साउन २०८३ ०१:५९ AM · 1 मिनेट पढाइ

विदेशबाट भाइले पठाइदिएको मोबाइलले खिचेको तस्बिर बन्यो उत्कृष्ट

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका ३१ वर्षीय पङ्की राई ‘रोशन’लाई वैदेशिक रोजगारीले खासै मन बहलाउन सकेन । त्यसलाई चटक्कै छाडेर स्वदेश फर्किए । विदेशमा रहँदा कम्पनी मालिकको पेलान तथा आफ्नो देशप्रतिको मायाले १० महिना नबित्दै फर्कएका उनमा नेपालका पर्यटकीयस्थल घुम्ने र फोटो–भिडियोमार्फत अरुलाई घुमाउने सोख जागृत भयो ।