SHARE
मकालु खबर · बिहीबार १ असो २०८३ ०३:५१ AM · 1 मिनेट पढाइ

दक्षिण कोरियामा पूर्वराष्ट्रपति युनलाई झूटो बयान मुद्दामा अपिल अदालतबाट पनि सफाइ

एजेन्सी । दक्षिण कोरियाको अपिल अदालतले पूर्वराष्ट्रपति युन सुक–योललाई पूर्वप्रधानमन्त्री हान डक–सुको विद्रोहसम्बन्धी मुद्दामा झूटो बयान दिएको आरोपमा सफाइ दिएको छ । सियोल उच्च अदालतले बुधबार तल्लो अदालतको यसअघिको फैसला सदर गर्दै युनलाई दोषी नठह¥याएको हो। तल्लो अदालतले गत मेमा युनलाई उक्त आरोपबाट सफाइ दिएको थियो ।