नेपाल भित्रियो चेरी क्यू, नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक हुँदै
काठमाडौं । चिनियाँ अटोमोबाइल दिग्गज चेरीको बहुप्रतीक्षित इलेक्ट्रिक क्रसओभर एसयूभी चेरी क्यू नेपाल भित्रिएको छ। नेपालका लागि चेरीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले चेरी क्यूलाई नेपाल ल्याएको हो। यही साउन २६ गतेदेखि काठमाडौंमा आयोजना हुने नाइमा मोबिलिटी एक्स्पो २०२६ मा चेरी क्यूलाई नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गर्ने तयारी गरिएको छ। प्रिमियम क्रसओभर सेग्मेन्टमा विभिन्न आधुनिक प्रविधि र सुविधासहित आएको यो मोडलले नेपाली विद्युतीय सवारी बजारमा नयाँ प्रतिस्पर्धा थप्ने अपेक्षा गरिएको छ। चेरी क्यूमा ४१.२ किलोवाट आवर क्षमताको ब्याट्री उपलब्ध छ।
