SHARE
कालिका खबर · आइबार​ २४ साउन २०८३ ०४:५१ PM · 1 मिनेट पढाइ

निसानको नयाँ प्रिमियम एसयूभी ‘टेकटन’ नेपालमा सार्वजनिक हुँदै

काठमाडौं । नेपालमा निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रालिले नयाँ प्रिमियम एसयूभी निसान टेकटन (Nissan TEKTON) नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको छ। कम्पनीले आगामी नाइमा मोबिलिटी एक्स्पो २०२६ मार्फत टेकटनलाई नेपाली बजारमा सार्वजनिक गर्न लागेको हो। टेकटनको नेपाल डेब्यु अगस्ट ११ अर्थात् साउन २७ गते काठमाडौंको भृकुटीमण्डपमा हुनेछ। गत जुलाई ९ मा भारतको मुम्बईमा ग्लोबल प्रिमियर गरिएको टेकटन दक्षिण एसियाली बजारमा निसानको उपस्थिति थप बलियो बनाउने महत्वपूर्ण मोडलका रूपमा आएको कम्पनीले जनाएको छ।