SHARE
मकालु खबर · आइबार​ २४ साउन २०८३ ०३:०८ PM · 1 मिनेट पढाइ

पूर्वमन्त्री गोविन्दराज जोशीले पाए कैद छुट, अब जेल बस्नुनपर्ने

काठमाडौं । पूर्वमन्त्री गोविन्दराज जोशीले कैद छुट पाएका छन् । विशेष र सर्वोच्च अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका जोशी अब जेल बस्नुनपर्ने भएको छ । ज्येष्ठ नागरिकले पाउने कैद छुटको माग गर्दै उनले असार २४ गते निवेदन दिएका थिए ।