सिताराम गोकुल मिल्क्सद्वारा नयाँ वेबसाइट र मोबाइल एपको घोषणा
काठमाडौं । नेपालको अग्रणी दुग्ध उत्पादक कम्पनी सिताराम गोकुल मिल्क्स प्राइभेट लिमिटेडले आफ्नो नयाँ आधिकारिक वेबसाइट सञ्चालनमा ल्याएको छ । कम्पनीले आफ्ना उपभोक्ताहरूलाई थप सहज र आधुनिक सेवा प्रदान गर्ने उद्देश्यले नयाँ आधिकारिक वेबसाइट sitaramdudh.com औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो ।
