SHARE
कालिका खबर · आइबार​ २४ साउन २०८३ ०१:०४ PM · 1 मिनेट पढाइ

नाइमा अटो शो २०२६ मा टोयोटाका गाडीमा रु. ३ लाखदेखि रु. २१ लाखसम्म  छुट, दुई नयाँ मोडल सार्वजनिक हुने

काठमाडौं । नेपालमा टोयोटा नेपालले आगामी नाइमा अटो शो २०२६ को अवसरमा ग्राहकहरूका लागि विशेष अफर सार्वजनिक गरेको छ। अगस्ट ११ देखि १६ सम्म काठमाडौंमा आयोजना हुने नाइमा अटो शोमा टोयोटाको गाडी बुकिङ गर्ने ग्राहकले रु. ३ लाखदेखि रु. २१ लाखसम्मको छुट प्राप्त गर्ने अवसर पाउनेछन्। नाइमा अटो शो टोयोटाका लागि यस वर्ष थप विशेष रहनेछ। अटो शोको अवसरमा टोयोटाले दुई नयाँ मोडल नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ।