SHARE
पर्दाफास · आइबार​ २४ साउन २०८३ ०१:०६ PM · 1 मिनेट पढाइ

भीष्मराज आङ्देम्बेको आरोप– ‘सरकारबाटै संविधानका उपलब्धिमाथि प्रश्न उठाइँदैछ’

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारको नेतृत्व गर्नेहरुबाट नै संविधानका उपलब्धिमाथि प्रश्न उठाउने प्रयास भइरहेको आरोप लगाएका छन् । ३२ औँ विश्व आदिवासी दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले संविधानले सुनिश्चित गरेका उपलब्धिमाथि कार्यकारी निकायबाटै पटक–पटक घोचपेच हुने गरेको आरोप लगाए ।