अमलेखगञ्जको होटललाई २ लाख जरिवाना, म्याद गुज्रेका खाद्य सामग्री नष्ट
बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२, अमलेखगञ्जस्थित एक होटलमा अनुगमनका क्रममा म्याद गुज्रेका खाद्य सामग्रीसहित विभिन्न कैफियत फेला परेपछि २ लाख रुपैयाँ जरिवाना गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जनकपुरधाम, धनुषाले मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयको नेतृत्वमा २०८३ साउन २० गते होटल तथा रेष्टुरेन्टको अनुगमन गरेको थियो। अनुगमनका क्रममा होटल क्वीक ट्वेन्टी एण्ड रिभर साइड प्रा.लि. मा खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी विभिन्न कमजोरी फेला परेको विभागले जनाएको छ। अनुगमनका क्रममा होटलको भान्सा तथा भण्डारण कक्षमा उपभोग्य मिति समाप्त भएका खाद्य पदार्थ फेला परेका थिए।
