SHARE
कालिका खबर · आइबार​ २४ साउन २०८३ ०८:५३ AM · 1 मिनेट पढाइ

लच्छा पराठा र हिमाल मिनरल वाटर उद्योगमा खाद्य विभागको अनुगमन

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपभोक्ताको गुनासोका आधारमा काठमाडौंमा आकस्मिक बजार अनुगमन गरेको छ। विभागअन्तर्गतको कार्यालयले ‘र्‍यापिड रेस्पोन्स मोडालिटी’ अन्तर्गत गरिएको अनुगमनका क्रममा दुई खाद्य व्यवसायमा विभिन्न कैफियत फेला पारेको हो। विभागले २०८३ साउन २१ गते गरेको अनुगमनमा बेस्ट क्वालिटी फ्रेश फुड्सको लच्छा पराठा, चन्द्रागिरी नगरपालिका–१४, काठमाडौं मा लेबलसम्बन्धी समस्या देखिएको जनाएको छ। लच्छा पराठाको लेबलमा सामग्री (Ingredients) सम्बन्धी स्पष्टता नभएको भन्ने गुनासोका आधारमा गरिएको अनुगमनमा दुई प्रकारका लच्छा पराठा उत्पादन भइरहेको र तिनमा फरक–फरक कच्चा पदार्थ प्रयोग गरिएको पाइएको थियो।