SHARE
कालिका खबर · आइबार​ २४ साउन २०८३ ०९:०५ AM · 1 मिनेट पढाइ

खाद्य विभागको वार्षिक प्रगति : ३ हजार ३६५ नमुना संकलन, १२७ वटा प्रतिकूल

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आर्थिक वर्ष २०८२/८३ मा खाद्य स्वच्छता तथा गुणस्तर नियमनका क्रममा देशभरबाट ३ हजार ३६५ वटा नमुना संकलन गरेको जनाएको छ। तीमध्ये २ हजार ९४८ वटा नमुनाको विश्लेषण परीक्षण गर्दा १२७ वटा नमुना प्रतिकूल पाइएको विभागको वार्षिक प्रगति विवरणमा उल्लेख छ।