२०औँ एसियन गेम्स : नेपालले २२ खेलमा सहभागिता जनाउने , १३६ खेलाडीले खेल्ने (नामसहित)
काठमाडौं । आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म जापानको आइची नागोयामा हुने २०औँ एसियन गेम्समा नेपालबाट १३६ खेलाडी सहभागी हुँदैछन् । नेपाली खेलाडीले खेल्ने कुल २२ खेलमा पुरुषतर्फ ८० र महिलातर्फ ५६ खेलाडी सहभागी हुने गएका छन् ।
