SHARE
पर्दाफास · आइबार​ २४ साउन २०८३ ०८:०७ AM · 1 मिनेट पढाइ

चार महिनामै सरकारको पूर्ण मूल्याङ्कन गर्ने बेला भएको छैन : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेले सरकारको चार महिनाको कार्यसम्पादनमा जनअपेक्षाअनुसार परिवर्तनको स्पष्ट आभास हुन नसकेको स्वीकार गरेका छन्। नागरिकका सुझाव र गुनासाहरूलाई पार्टीले नजिकबाट सुनिरहेको उल्लेख गर्दै उनले वर्तमान अवस्थालाई लिएर चिन्तित नहुन आग्रह गरेका हुन्।