सुनको भाउ तोलामा तीन लाख रुपैयाँ नाघ्यो
काठमाण्डौ । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनको भाउ एकैदिन तोलामा चार हजार ८०० रुपैयाँले बढेको छ । भाउ बढेर सुन तोलाको तीन लाख रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलामा तीन लाख एक हजार ७०० रुपैयाँ पुगेको छ ।
