SHARE
कालिका खबर · आइबार​ २४ साउन २०८३ ०४:५८ AM · 1 मिनेट पढाइ

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् । नाइजर समाचार एजेन्सी (एएनपी) का अनुसार दुर्घटना माडाउवा सहरबाट करिब ५५ किलोमिटर टाढा माराडी–माडाउवा सडकखण्डमा भएको हो । दुर्घटनामा परेका दुई बसमध्ये एउटामा सैनिक जवानहरू सवार रहेको बताइएको छ । घाइतेहरूको उपचार भइरहेको तथा दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको एएनपीले जनाएको छ । नाइजरमा सडक दुर्घटना बढिरहेका बेला पछिल्लो घटना भएको हो ।