SHARE
कालिका खबर · आइबार​ २४ साउन २०८३ ०५:०० AM · 1 मिनेट पढाइ

काठमाडौँ उपत्यकाका ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन

काठमाडौँ : गृह मन्त्रालय र उद्योग मन्त्रालयको समन्वयमा काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ। भारतबाट ग्यास आयातमा समस्या नरहे पनि बजारमा अभाव सिर्जना गरी कालोबजारी भइरहेको भन्दै उद्योग मन्त्रालयमा लगातार गुनासो तथा सूचनाहरू प्राप्त हुन थालेपछि उद्योगमन्त्री गौरी यादवले यस विषयमा गम्भीर चासो लिएकी थिइन्। ग्यासको आपूर्ति सहज हुँदाहुँदै पनि अभाव देखाएर उपभोक्तालाई समस्यामा पार्ने तथा महँगो मूल्यमा बिक्री गर्ने गतिविधि नियन्त्रण गर्न मन्त्री यादवले गृहमन्त्री सुधन गुरूङसँग अनुगमनका लागि प्रहरी परिचालन गर्न आग्रह गरेको उनको सचिवालयले जानकारी दिएको छ।