SHARE
पर्दाफास · आइबार​ २४ साउन २०८३ ०२:२८ AM · 1 मिनेट पढाइ

पर्यटन नीति एकातिर, बजेटको बाटो अर्कैतिर

खप्तडका फाँटमा घाम झुल्किँदा पहाडका काखमा फैलिएको हरियालीले पर्यटकलाई बोलाउँछन्। अपि र साइपाल हिमालका सेता चुचुराले प्राकृतिक सौन्दर्यको कथा सुनाउँछन्। बडिमालिकाको आफ्नै धार्मिक महिमा छ। शुक्लाफाँटामा बाह्रसिङ्गाको बथान दौडिन्छ। रामारोशनका तालमा हिमालको छायाँ देखिन्छ भने घोडाघोडी तालमा चराको चिरबिरसँगै पर्यटनको सम्भावना पनि सुनिन्छ।