पोखरामा बीवाईडीको आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा, पूर्ण थ्री–एस सुविधा उपलब्ध
काठमाडौं । नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले पोखरामा बीवाईडीको आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ। आधिकारिक डिलर फ्ल्यास मोबिलिटी प्रालिमार्फत पोखरा महानगरपालिका–१०, बुद्धचोकमा नयाँ सर्भिस सेन्टर सञ्चालनमा आएसँगै पोखरामा बीवाईडीको पूर्ण थ्री–एस (सेल्स, सर्भिस तथा स्पेयर पार्ट्स) सुविधा उपलब्ध भएको हो। नयाँ सर्भिस सेन्टरको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरेका हुन्। गण्डकी प्रदेश तथा आसपासका क्षेत्रका बीवाईडी ग्राहकलाई सहज, भरपर्दो र गुणस्तरीय बिक्रीपछिको सेवा उपलब्ध गराउने उद्देश्यले सर्भिस सेन्टर सञ्चालनमा ल्याइएको साइमेक्स इंकले जनाएको छ।
