SHARE
मकालु खबर · शनिबार २३ साउन २०८३ ०२:११ PM · 1 मिनेट पढाइ

भारतमा बस दुर्घटना हुँदा आठ जनाको मृत्यु

एजेन्सी । उत्तरी भारतीय राज्य हिमाचल प्रदेशमा शनिवार एउटा निजी बस सडकबाट चिप्लिएर दुर्घटना हुँदा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै र अन्य १० जना घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटना हिमाञ्चल प्रदेशको राजधानी शिमलाबाट करिब ३९३ किलोमिटर उत्तरमा चम्बा जिल्लाको पहाडी क्षेत्रमा भएको जनाइएको छ ।