नौ सैनिक जहाज ठोक्किएपछि पाकिस्तानले भारतका शीर्ष कुटनीतिक प्रतिनिधिलाई बोलायो
एजेन्सी । पाकिस्तानले आफ्नो विशेष आर्थिक क्षेत्रमा भारतीय नौसेनाको जहाजले गरेको गतिविधिलाई अत्यन्त उत्तेजक र अस्वीकार्य भन्दै भारतसमक्ष कडा विरोध जनाएको छ । पाकिस्तानको विदेश मन्त्रालयका अनुसार मंगलवार भएको घटनाबारे विरोध जनाउन इस्लामाबादस्थित भारतीय उच्चायोगका कार्यवाहक प्रमुखलाई बुधवार बोलाइएको थियो । मन्त्रालयकाअनुसार घटना पाकिस्तान नौसेनाले आफ्नो द्विवार्षिक सैन्य अभ्यास सञ्चालन गरिरहेका बेला भएको हो ।
