SHARE
मकालु खबर · शुक्रबार​ २ असो २०८३ ०२:२४ AM · 1 मिनेट पढाइ

बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको दक्षिण–पूर्वी भेगका प्रमुख ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रलाई समेटेर ‘बुद्ध–सर्किट’ पदमार्गका रूपमा विकास गरिने भएको छ । ऐतिहासिक नगर पनौती, नमोबुद्ध र तेमाललाई जोडेर विकास गर्न लागिएको उक्त परिपथका लागि सङ्घीय सरकारले रु २५ करोड बजेट विनियोजन गरेको र क्रमागत बजेटमार्फत काम सम्पन्न गरिने काभ्रेपलाञ्चोकका सांसद मधु चौलागाईंले बताए ।