रसुवामा ९० प्रतिशत क्षेत्रमा पुग्यो बिजुली, नुवाकोट–धादिङ पूर्ण सुचारु
काठमाडौँ । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा विद्युतीकरणको कामलाई द्रुत गतिमा अगाडि बढाएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बाढीबाट पूर्वाधारमा क्षति पुगेर विद्युत् अवरुद्ध भएका रसुवा, नुवाकोट र धादिङमा बाढी गएको भोलिपल्टबाटै पुनः विद्युतीकरणको कामलाई तीव्रता दिएको थियो ।
