SHARE
लोक पथ · शनिबार २३ साउन २०८३ ११:२३ AM · 1 मिनेट पढाइ

राजनीति डर्टी गेम हो, सत्तामा पुग्न टेढा-मेढा बाटो हिँड्नुपर्छ : महन्थ ठाकुर

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले राजनीति सहज र सरल बाटोबाट अघि बढ्ने विषय नभएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित अग्रगामी मोर्चा घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले राजनीतिमा सत्ता र नेतृत्वमा पुग्न विभिन्न गतिविधि तथा चुनौतीको सामना गर्नुपर्ने बताए ।