SHARE
लोक पथ · शनिबार २३ साउन २०८३ १२:१४ PM · 1 मिनेट पढाइ

कालिकोटमा चिकित्सक र नर्समाथि आक्रमण गर्ने तीन जना पक्राउ

कालिकोट । पलाँता गाउँपालिका–९ थिर्पुस्थित पलाँता अस्पतालमा चिकित्सक, नर्स तथा कर्मचारीमाथि कुटपिट र अस्पतालमा तोडफोड गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पलाँता–९ थिर्पुका ३५ वर्षीय सुशील बम, ३२ वर्षीया मैना बम र ३० वर्षीय तपेन्द्र बम रहेका छन् ।