SHARE
लोक पथ · शनिबार २३ साउन २०८३ १०:५४ AM · 1 मिनेट पढाइ

मोरङबाट काठमाडौं आउँदै गरेको हाइस सिन्धुलीमा दुर्घटना, ४ जना घाइते

काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका–५, छब्बिसस्थित बीपी राजमार्गमा हाइस दुर्घटना हुँदा चारजना घाइते भएका छन् । मोरङबाट काठमाडौं आउँदै गरेको बा ५ ख ५९८४ नम्बरको हाइसको ब्रेक फेल भएपछि अनियन्त्रित भएर सडकको नालामा खसेको प्रहरीले जनाएको छ ।